समाचारबुधबार, आषाढ ५, २०७०

फिस्टेल एयर दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

हिमालखबर

इटालियन क्याप्टेन डेविड र फिस्टेल एयरका व्यवस्थापक दिलक श्रेष्ठ गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए । गोमा एयरका पाइलट ऐडी शेर्पा र को–पाइलट प्रज्वल भट्टराई, गोमा एयर हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामा सामान्य घाइते भएका छन् । घाइतेहरूको सिङकोटस्थित जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।
हुम्लामा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना

तिब्बतसँग सीमा जोडिएको हुम्लाको मुचु—९ मा गएको पहिरोमा परेका स्थानीयको उद्धारका लागि टोली पुर्याएर  फर्कदैं गरेको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हुम्ला प्रहरीले दिएको जानकारी अनुसार हेलिकप्टर मुचु—६ स्थित सेन्तेन साम्ताङ कुनामा ५ असारमा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त हेलीकप्टरमा इटालिएन क्याप्टेनसहित गोमा एयरका पाइलट प्रज्वल भट्टराई र ऐडी शेर्पा, गोमा एयर हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामा, सिमीकोट विमानस्थल प्रमुख टेकबहादुर पातली र फिष्टेल एयरका व्यवस्थापक दिलक श्रेष्ठ रहेको जनाइएको छ । उनीहरू सबै सकुशल छन् ।

मुचु—६ तुमकोटका स्थानीय सितार लामाले हेलिकप्टर नजिकैबाट उड्दै गई केही पर जमीनमा खसेको देखेको बताए । क्षतिको विस्तृत विवरण आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक युवराज चौधरीले प्रहरी घटनास्थलतर्फ गइसकेको बताए ।

तुफान न्यौपाने, नेपालगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>