समाचारबिहीबार, आषाढ ६, २०७०
रेग्मीविरुद्धको रिटमा २० असारमा सुनुवाई हुने
नौ सदस्यीय बृहत इजलासले २० असारमा रेग्मीविरुद्धको सबै रिटमा एकै पटक सुनुवाई गर्ने आदेश दिएको सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए । इजलासमा कामू प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा तथा न्यायाधीशहरू गिरीशचन्द्र लाल, सुशीला कार्की, प्रकाश वस्ती, वैद्यनाथ उपाध्याय, तर्कराज भट्ट, ज्ञानेन्द्रबहादुर कार्कीलगायत थिए ।
रेग्मीविरुद्ध प्रधान न्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष एउटै व्यक्ति बस्न नमिल्ने, प्रधानन्यायाधीशबाट राजिनामा गर्नुपर्नेलगायतका विषयमा रिट/निवेदन परेका छन् । अधिवक्ताद्वय ओमप्रकाश अर्याल र भरतमणि जंगमले शक्ति पृथकीकरणको सिद्धान्त विपरीत एउटै व्यक्ति दुई वटा पदमा बसेको भन्दै रेग्मीविरुद्ध रिट दायर गरेका थिए ।
