थप समाचारबिहीबार, आषाढ ६, २०७०

गरिखान तम्सिए युवा

हिमालखबर

सदरमुकाम खलङ्गाको सेरीमा रु.१७ लाख ५० हजार लगानीमा खोलिएको गाई फार्मका लागि युवा स्वरोजगार कोषले रु.८ लाख ऋण सहयोग गरेको युवा समूहका अध्यक्ष शिव शर्माले बताए।

“खलङ्गा लगायतका बजारमा दूधको बढ्दो माग हेरेर गाईपालन शुरू गरेका हौं”, शर्माले भने।

उनीहरूले गाई खरीदमा रु.९ लाख र गोठमा रु.५ लाख लगानी गरेका छन्। गोठमा स्थानीय तीन युवकले रोजगारी पाएका छन्।

वार्षिक रु.२५ हजार भाडा तिर्ने गरी लिइएको १० रोपनी जमिनमा खोलिएको फार्ममा अहिले जर्सी, ब्राउन्ससुइस र होलस्टिल जातका १४ गाई छन्।

तीमध्ये ६ वटा दुहुना र ८ वटा ब्याउने छन्। ६ वटा गाईले दैनिक ६० लिटर दूध दिइरहेको र त्यसबाट रु.२४०० कमाइ भइरहेको शर्माले बताए।

चार युवकको अर्को समूहले खलङ्गाकै पीपलनेटामा प्राङ्गारिक तरकारी खेती थालेका छन्।

वार्षिक रु.४० हजार भाडाको सात रोपनीमा जमिनमा रहेको तरकारी फार्मका अध्यक्ष छिवाङ गाविसका लोकेन्द्र ओली छन्। सहकारीको रु.८० हजार ऋण र साझेदारहरूको रु.७० हजारबाट व्यवसाय शुरू गरेको ओलीले बताए।

लक्ष्मण केसी, रुकुम

२ असारको साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>