समाचारबिहीबार, आषाढ ६, २०७०

उच्चस्तरीय राजनैतिक संयन्त्र खारेज गरः थापा

हिमालखबर

बनेपामा  ६ असारमा नेपाल विद्यार्थी संघ, काभ्रेले आयोजना गरेको  कार्यक्रममा बोल्दै नेता थापाले संयन्त्रको कुनै औचित्य नभएको भन्दै खारेज गर्न माग गरेका हुन । संयन्त्र खारेजीसँगै आन्दोलनरत दलहरु समेत सहमतिमा आउने उनको विश्वास छ ।

नेता थापाले संयन्त्र नहुँदा रेग्मी सरकारले पनि स्वतन्त्र रुपमा काम गर्न पाउने तर्क गरे । उनले उच्चस्तरीय राजनैतिक संयन्त्र भागबण्डामा मात्रै सिमित भएको आरोप समेत लगाए ।

कार्यक्रममा थापाले वार्ताका लागि अहिले भइरहेका प्रयास अपर्याप्त भएको दाबी गरे । खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा आए र समानुपातिक सिट संख्या ५८ प्रतिशत बनाईए आन्दोलनरत दल पनि चुनावमा सहभागी हुने थापाको विश्वास थियो ।

नागेन्द्र अधिकारी, काभ्रे

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>