समाचारशुक्रबार, आषाढ ७, २०७०
बाँध खोलेका छैनौं: भारत(विज्ञप्तिसहित)
काठमाडौंस्थित भारतीय दुतावासले ७ असारमा एक विज्ञप्ति जारी गरेर भारतले धौलीगंगा बाँध नखोलेको जनाएको हो । दार्चुलामा बाढी गएको दिन विद्युत उत्पादन र बाँधसम्म पुग्ने बाटो पनि बन्द भएकाले धौलीगंगा खोलेको भन्ने कुरा नै सत्य नभएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “भारतले बाँधको पानी खोल्ने भन्ने प्रश्न नै उठ्दैन ।”
नेपाल र भारतको तल्लो तटीय क्षेत्रको मनसुनसँग सम्बन्धीत बाढीमा धौलीगंगाको भूमिका नहुने पनि दुतावसले जनाएको छ । अध्याधिक मनसुनका कारण भारतमा समेत धनजनको क्षती भएको उल्लेख छ ।

