समाचारआइतबार, आषाढ ९, २०७०
पुनः आन्दोलन गर्ने कमलरीको चेतावनी
कमलरी प्रथा उन्मुलनका लागि संयुक्त संघर्ष समितिले दाङको घोराहीमा पत्रकार सम्मेलन गरेर गत २४ जेठमा भएको सम्झौता कार्यान्वयन नभए २ साउनबाट सिंहदरबार घेर्ने तयारी भईरहेको जानकारी दिएको हो । सम्झौता भएको १५ दिन बितिसक्दा पनि सरकारले माग पुरा गराउने पहल नगरेको भन्दै उनीहरुले आन्दोलनको चेतानी दिएका हुन । समितिले सम्झौता भएका बुँदाहरू कार्यान्वयन गराउनका लागि पूर्वसभासद शान्ता चौधरीको संयोजकत्वमा दवाव समूह गठन गरेको छ ।
संघर्ष समितिका अनुसार सिंहदरबार घेराउ तथा उपत्यका बन्द जस्ता कार्यक्रम गर्ने तयारी भईरहेको छ । कमलरी महिलाहरूले सिंहदरबार घेराउ गरेपछि सरकारले सृजना चोधरीको मृत्युको विषयमा छिटो भन्दा छिटो यथार्थ सत्य तथ्य सार्वजनिक गर्नेलगायतका सम्झौता गरेको थियो ।
देबकी विष्ट
