समाचारआइतबार, आषाढ ९, २०७०

शर्त पुरा भए निर्वाचनमा जान्छौं: वैद्य

हिमालखबर

तस्वीरः देबकी विष्ट

आन्दोलनरत दलले ९ असारमा राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै वैद्यले आफ्नो पार्टी चुनाव विरोधी नभएको बताएका हुन । प्रमुख दलहरुले लचकता देखाउने हो भने निर्वाचनका लागि सहमति जुटाउन सकिने उनको भनाई थियो ।

कार्यक्रममा उनले वर्गीय, जातीय, क्षेत्रीयलगायत समस्या समाधान गर्ने किसिमले संविधानसभा चुनाव भए भाग लिन आफूहरु तयार रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस नेता दीपकुमार उपाध्यायले देशमा द्वन्द्व सिर्जना गर्नुभन्दा सहमतिको बाटो खोज्नुपर्नेमा जोड दिएका छन् । उपाध्यायले असन्तुष्ट दलहरुको माग संबोधनका लागि कांग्रेस वार्ताका लागी तयार रहेको उल्लेख गरे ।

अर्का वक्ता नेकपा एमाले महासचिव ईश्वर पोखरेलले निर्दलीय सरकार बनेको बिडम्वनापूर्ण अवस्थाबाट देशलाई मुक्त गराउन चुनावको विकल्प नभएकोमा जोड दिए । पोखरेलले यो संविधानसभा चुनाव भएकाले सबै एक भएर जानुपर्ने बताए ।

वैद्य नेतृत्वको मोर्चामा रहेका अन्य दलका नेताहरुले पनि सरकार र प्रमुख दलहरु लचक भए सजिलै राजनीतिक निकास निकाल्न सकिने बताए ।

देबकी विष्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>