समाचारसोमबार, आषाढ १०, २०७०
विस्फोट हुनु पाँच घण्टा अगाडि टाइम बम निस्क्रिय
नेपाली सेनाको २२ नम्बर बाहिनी बुटवलबाट आएको टोलीले १० असार मध्यान्ह १ बजे बम निस्क्रिय पारेको हो । डिस्पोजल टोलीका अनुसार बम १२ घण्टाको टाइम सेट गरेर बिहान ६ बजे राखिएको कुकर बम दुई लिटरको क्षमताको थियो ।
देब पचभैया, पाल्पा
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीको घरमा कुकर बम
चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीको जन्म घरमा कुकर बम भेटिएको छ । पाल्पाको पोखराथोक–६ मा रहेको अध्यक्ष रेग्मीको घर भन्दा ५० मिटर टाढा नेकपा माओवादी क्रान्तीकारी लेखिएको झोलामा बकम भेटिएको पाल्पाका प्रहरी प्रमुख स्थानेश्वर रेग्मीले जानकारी दिए ।
१० असार बिहान साढे ६ बजे तिर काभ्रोको रुखमा झुण्ड्याएको अवस्थामा झोला र पर्चा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सरकारले चुनाब गर्न नसक्ने, अहिलेको अबस्थामा चुनाब हुन सक्दैन लगायतका कुरा पर्चामा उल्लेख गरिएको प्रहरी प्रमुख रेग्मीले जानकारी दिए ।
बुटवल पृतनाबाट बम डिस्पोजल टोली बोलाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । रेग्मीको जन्म घरमा रेखदेखको लागी भन्दै छिमेकी बस्दै आएका छन् ।
देब पचभैया, पाल्पा
