थप समाचारसोमबार, आषाढ १०, २०७०
म्यूजिकल किबोर्ड भरी नक्कली भारतीय रुपियाँ
जाली नोटका अभियुक्तहरूलाई १० असारमा जिल्ला प्रहरी कार्यालय, पर्सामा सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा रन्जित झा भनिने मनोहर गिरी, बारा प्रस्टोका–३ का रामेश्वर सहनी गोठी(१८) र पर्सा भेडीयारी–८ का मिथिलेश तिवारी छन् ।
पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाका अनुसार उनीहरूलाई सुराकीको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीलै वीरगञ्जबाट पक्राउ गरेको हो । भारु डिएचएलमार्फत म्यूजीकल किबोर्ड भित्र पार्सलको रुपमा पठाइएको थियो । हजार दरको नक्कली नोट १६९० र ५०० दरको नोट २,५५० थान नक्कली भारु प्रहरीले पक्राउ गरेको हो ।
बिम्मी शर्मा, वीरगञ्ज
