समाचारसोमबार, आषाढ १०, २०७०

संयमित भएर अघि बढ्न पुर्व सभामुखको आग्रह

हिमालखबर

महिला कानुन र बिकास मञ्चले राजधानीमा १० असारमा आयोजना गरेको बिघटीत संबिधान सभाको उपलब्धिहरु चुनौतीहरु र सिमान्तकृत वर्गको अधिकार सम्बन्धि अध्ययन प्रतिबेदन बिमोचन कार्यक्रममा पुर्व सभामुख नेम्वाङ । तस्बीर देबकी विष्ट, हिमालखबर

महिला कानुन र विकास मञ्चले राजधानीमा १० असारमा आयोजना गरेको विघटीत संविधानसभाको उपलब्धीहरू, चुनौतिहरू र सीमान्तकृत वर्गको अधिकारसम्बन्धी अध्ययन प्रतिवेदन विमोचन कार्यक्रममा बोल्दै पूर्व सभामुख नेम्वाङले यस्तो धारणा राखेका हुन । उनले अहिलेको अवस्थामा राजनीतिक दलहरूले प्रक्रिया भत्काउँदै गएकाले राजनीति लिग बाहिर गएको टिप्पणी गरे ।

दलहरूले नीजि स्वार्थमा केन्द्रित भएर राष्ट्रिय राजनीतिलाई बिगार्नु भन्दा समस्या समाधानका लागि साझा बिन्दुमा उभिनु पर्ने नेम्वाङको भनाई थियो । उनले संविधानसभा विघटन पश्चात राजनीतिक दलहरू दुई खेमामा बाँडिदा समस्या देखिएको बताए । समस्या समाधानका लागि वार्ता प्रारम्भ गर्न नेम्वाङले राजनीतिक दल र सरकारलाई आग्रह गरे ।
कार्यक्रममा नेम्वाङले वर्तमान सरकार जनताप्रति उत्तरदायी हुन नसक्दा पनि जननिर्वाचित संस्थाको अभाव खड्किएको बताए । दलहरूकै असहमतिका कारण अन्तिम समयमा गएर संविधान जारी हुन नसकेको उनको भनाई थियो ।

देबकी विष्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>