समाचारमंगलबार, आषाढ ११, २०७०

अनिश्चतकालीन नुवाकोट बन्द

हिमालखबर

बन्दका कारण जिल्लामा यातायात, शैक्षिक संस्था, बजार तथा पसल, उद्योग, कलकारखानालगायतका क्षेत्रहरु ठप्प भएका छन् । २०३२ सालदेखि बग्दै गएको किम्ताङको पहिरो पीडितलाई सरकारले यसैसाता खम्बाक्याम्पमा ल्याउने तयारी गरेको थियो ।

किम्ताङमा गएको पहिरोबाट अहिलेसम्म करिब १०० घर बगाइसकेको छ भने ५०० भन्दा बढी घरपरिवार जोखिममा परेका छन् ।

स्थानीयवासीले पहिरो पीडितलाई खम्बाक्याम्प स्थानान्तरण गर्न नदिने भन्दै ‘चण्डीपोखरी खम्बाक्याम्प जग्गा बचाउ सङ्घर्ष समिति’ गठन गरेर आजदेखि अनिश्चितकालीन नुवाकोट बन्द घोषणा गरेका छन् ।

बन्दकर्तालाई राजनीतिक दल, वाणिज्य सङ्घ, नागरिक समाजलगायतको समर्थन रहेको छ । समितिले आफूहरु पहिरो पीडितको विरोधी नभई खम्बाक्याम्प संरक्षणको लागि आन्दोलनमा उत्रिएका बताएको छ ।

नुवाकोट बन्दका कारण रसुवाबाट नुवाकोट हँुदै काठमाडाँै जाने यातायातका साधनहरु समेत प्रभावित भएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>