समाचारमंगलबार, आषाढ ११, २०७०

अफगानिस्तानमा राष्ट्रपति भवनमा आक्रमण

हिमालखबर

काबुलस्थित राष्ट्रपति भवनको उत्तरी भागबाट धुवाँको मुस्लो निक्लिएको थियो ।तस्बीर:बीबीसी

अफगानिस्तान प्रहरीले जनाए अनुसार ११ असार विहान ७ः१५ मा चरमपन्थीहरुले राष्ट्रपति भवनलगायतका सरकारी कार्यालयहरुमा विष्फोट गराएका छन् । सबै आक्रमणकारीहरु मारिएको अफगान प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

केही दिनअघि मात्रै राष्ट्रपति हमिद करजाईले अमेरिकाले समर्थन गरेको तालिबानसँग हुने भनिएको वार्ताबारे आपत्ति प्रकट गरेका थिए ।

राष्ट्रपति करजाईले गर्ने भनिएको पत्रकार सम्मेलन हुनु केही बेरअघि मात्रै उक्त आक्रमण भएको थियो । आक्रमणका बेला दर्जनौं पत्रकारहरु प्रेस सम्मेलनको ‘कभरेज’का लागि उपस्थित थिए । तर, अहिलेसम्म कुनै हताहतीको समाचार प्राप्त भएको छैन ।

तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले एसएमएस मार्फत राष्ट्रपति भवन, रक्षा मन्त्रालय र एरियाना होटलमा आक्रमण गरेको बताएको स्थानीय सञ्चारकर्मीहरुले जनाएका छन् । एरियाना होटेलमा सिआइएको पनि कार्यालय छ ।
काबुल प्रहरी प्रमुखले दुई घण्टाभित्रमा आक्रमणमा सहभागी सबैलाई मारिएको बताएका छन् ।

पछिल्लो हप्तामात्रै नेटो सेनाले अफगान सेनालाई राष्ट्रपपति भवनको सुरक्षा जिम्मेदारी सुम्पेको थियो ।

सन् २०१४ को अन्त्यसम्ममा नेटो सेनाले अफगानिस्तान छोड्ने तय भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>