समाचारमंगलबार, आषाढ ११, २०७०
बाह्र दिनपछि आयोगका पदाधीकारीको सपथग्रहण
११ असारमा सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीले सपथ ग्रहण गरेका छन् ।
आयोग गठन भएको १२ दिनपछि आज आयोगका अध्यक्ष पूर्व न्यायाधीस ताहिर अली अन्सारीलाई कायम मुकायम प्रधानन्यायाधीशले सपथ ग्रहण गराए भने अध्यक्ष अन्सारीले अन्य सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
३० जेठमा मन्त्रिपरिषदले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अन्सारीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको थियो । आयोगका सदस्यमा नेत्र धिताल, मधुनिधि तिवारी र डम्बर चेम्जोङ सदस्य छन भने प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंहलाई आयोगको सदस्य सचिव तोकिएको छ ।
आयोगले आजैबाट काम थाल्ने बताइएको छ । आयोगलाई निर्वाचन क्षेत्र पुननिर्धारणका लागि एक महिनाको समय दिइएको छ ।
आयोगको कार्यालय नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र परिसरमा रहने छ ।
