समाचारमंगलबार, आषाढ ११, २०७०
राष्ट्रपतिको स्वस्थ्य अवस्था सामान्य
केही समयदेखि पेटको समस्याले पीडित राष्ट्रपति रामवरण यादवको आन्द्रामा दाग देखिएपछि मेडिकल बोर्डको सल्लाहमा उपचारका लागि जापान गएका राष्ट्रपति यादवको अहिलेसम्मका परीक्षण रिपोर्ट सामान्य रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले अस्पताललाई उद्धृत गर्दै जानकारी दिएका छन् ।
“यहाँका चिकित्सक, मेडिकल बोर्ड र नेपाल सरकारको निर्णयबाट थप उपचारका लागि राष्ट्रपति जापान जानु भएको हो, अहिलेसम्मको रिपोर्ट सामान्य देखिएको छ,” दाहालले हिमालखबरलाई बताए ।
दाहालका अनुसार एउटा परीक्षणको रिपोर्ट आज साँझसम्म आएपछि राष्ट्रपति स्वदेश कहिले फर्कने भन्ने निश्चित हुनेछ ।
राष्ट्रपति यादवका भाई र धर्मपत्नीको समेत क्यान्सरका कारण निधन भएको साथै यादवको नेपालमा गरिएका परीक्षणहरुमा क्यान्सरसँग मिल्दोजुल्दो लक्षण देखिएकोले मेडिकल बोर्डले उनलाई विदेशको सुविधासम्पन्न अस्पतालमा उपचारका लागि जान सिफारिस गरेको थियो ।
