समाचारमंगलबार, आषाढ ११, २०७०
निर्वाचनमा सहभागी हुन वैद्यलाई दाहालको आग्रह
एमाओवादी नेता कृष्णबहादुर महराको निवास धोविघाटमा ११ असारमा दाहाल र बैद्यबीच भएको छलफलमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र संविधानसभाको निर्वाचनका बारेमा छलफल भएको थियो ।
भेटका क्रममा दाहालले वैद्यलाई आन्दोनलका कार्यक्रम स्थगित गरेर चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरे । उनले मुलुकमा निर्वाचनको वातावरण बनिरहेका बेलामा तत्काल सहमति गरेर चुनाव सम्पन्न गराउन आगह गरेका थिए ।
अध्यक्ष दाहालले पार्टी एकीकरण गर्न संभव नभएपनि चुनावी तालमेल गरेर अघि बढ्न आग्रह गरेका थिए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले चार दलले आफूहरुलाई उपेक्षा गरेकाले अपमानीत भएर निर्वाचनमा भाग लिन नसकिने बताए । उनले चार दलले आफूहरुलाई उपेक्षा गरेर नया“ सरकार गठन र निर्वाचनको प्रक्रिया शुरु गरेकाले यथास्थितिमा निर्वाचन हुन नदिने समेत स्पष्ट पारे ।
वैद्यले निर्वाचनको प्रक्रिया स्थगित गरेर वार्ताबाट समस्या समाधान भए निर्वाचनमा भाग लिने बताएका थिए ।
