थप समाचारमंगलबार, आषाढ ११, २०७०
हेग अदालतमा बुद्धको मुर्ति स्थापना
नेदरल्याण्डस्थित नेपाली दुतावास र गैरआवासीय नेपाली संघ(गैआनेसं)को पहलमा ९ असारमा विशेष कार्यक्रम आयोजना गरेर बुद्ध मुर्ति स्थापना गरिएको हो ।
कार्यक्रममा नेदरल्याण्डका लागि नेपाली राजदुत राममणि पोखरेल, गैआनेसंका संस्थापक अध्यक्ष उपेन्द्र महतो, गैआनेसंका अध्यक्ष जीवा लामिछाने, गैआनेसं उपाध्यक्ष, महासचिव, युरोप संयोजक, अदालतका न्यायाधीशहरू आदिको उपस्थिति थियो ।
अन्तराष्ट्रिय अदालतमा स्थापित साढे दुई फिट अग्लो मुर्तिले बुद्धको जन्मस्थल लुम्बिनीको थप प्रचार प्रसारमा मद्दत गर्ने विश्वास गरिएको छ ।
किरण नेपाल, नेदरल्याण्ड
