थप समाचारबुधबार, आषाढ १२, २०७०

लुसी, विष्णु, ज्याक, एमी र लैलाको अनुसन्धान (फोटो फिचर)

हिमालखबर

तस्करहरुले बैदेशिक रोजगारमा गएका र अन्य ब्याक्तिहरुलाई भरिया बनाएर लागुऔषधको ओसारपसार गर्ने गरेको लागुऔषध नियन्त्रण कानून कार्यान्वयन इकाईका प्रहरी बरिष्ठ उपरीक्षक रणबहादुर चन्द बताउँछन् ।

चन्दका अनुसार पछिल्लो समयमा तस्करहरुले कार्गो, कुरियर मार्फत पनि लागुऔषध ओसार पसार थालेका छन् ।

लागुऔषध पत्ता लगाउन भन्दै ११ असारमा प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो विभागमा तालिम प्राप्त कुकुरहरुबाट लागु औषधको खोजी अपरेशन गर्‍यो ।

प्रहरीले तालिम प्राप्त ५ ओटा कुकुर लुसी, विष्णु, ज्याक, एमी, लैलाको सहयोगमा विमानस्थलको कार्गो विभागमा चेकजाँच गरे पनि लागुऔषध भने फेला परेन ।

शब्द/तस्वीर: देबकी विष्ट, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>