समाचारबुधबार, आषाढ १२, २०७०

चुनावमा सहभागी हुने शर्तमा गोलमेच सम्मेलन गर्न सकिने: गच्छदार

हिमालखबर

१२ असारमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका विजयकुमार गच्छदारले ४ मंसीरका लागि घोषित निर्वाचन सफल पार्नका लागि आफूहरु हदैसम्म लचिलो हुन तयार रहेको बताएका छन् ।

“मोहन बैद्यजीले पनि चुनाव मान्ने हो भने विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुको सभा बोलाएर सबै विषयमा छलफल गर्न तयार छौं,” गच्छदारले भने । उनले सबै दलको गोलमेच सम्मेलन भने अहिले सम्भव नरहेको स्पष्ट पारे ।

४ मंसीरको निर्वाचन कुनै हालतमा पनि रोक्न नसकिने भन्दै गच्छदारले घोषित मितिमा निर्वाचन गर्नका लागि सबैसँग लचिलो भएर छलफल गर्न तयार रहेको बताए । उनले भने, “ नेकपा–माओवादीको निर्वाचन रोक्ने माग अब्यवहारिक छ, त्यसमा छलफल गर्न सकिँदैन ।”

निर्वाचनको लागि अरु दललाई समेत उच्चस्तरीय राजनीतिक समितिमा ल्याउन तयार भएको भन्दै गच्छदारले कुनै दल चुनावमा नआउँदैमा चुनाव हुँदैन भन्ने सोच नराख्न पनि आग्रह गरे । उनले भने, “कोही चुनावमा नआउँदैमा मुलुक बन्धक भएर रहन सक्दैन ।”

उपेन्द्र यादव र अशोक राईले नेतृत्व गरेको समूह निर्वाचनमा आउने पनि उनले दाबी गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>