समाचारबुधबार, आषाढ १२, २०७०

एमाओवादीसँगको एकता हल्ला मात्रः गुरुङ

हिमालखबर

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा नेकपा–माओवादीका सचिव देव गुरुङले चार दलले मुलुकलाई बन्धक बनाउन खोजेको भन्दै यसका विरुद्ध आफ्नो पार्टी चुप लागेर नबस्ने बताए ।

नेपाली काग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले नियन्त्रणभन्दा बाहिर जान लागेको राजनीतिलाई आगामी चुनावले सही ठाउँमा ल्याउने विश्वास व्यक्त गरे । उनले आन्दोलनरत राजनीतिक दललाई यो भएन, ऊ भएन भनेर अड्को थाप्ने काम नगर्न आग्रह गर्दै सर्वदलीय बैठक बस्न आफूहरु तयार रहेको तर चुनाव भने गराएरै छाड्ने दृढता व्यक्त गरे ।

एमाओवादीका पोलिटब्युरो सदस्य देवेन्द्र पौडेलले सबै राजनीतिक दलले आ–आफ्नो हैसियत के हो भनेर बुझ्न पनि चुनावमा जानैपर्नेमा जोड दिए ।

उनले भने, “एजेन्डा मिलेका पार्टीहरुबीच मोर्चा बनाएर जाने कुरामा आफ्नो पार्टी तयार छ ।”

नेकपा एमालेका सचिव युवराज ज्ञवालीले अब पनि चुनाव नभए दिगो शान्ति नहुने र पुनः अर्को द्वन्द्वमा मुलुक फस्ने चेतावनी दिए । सम्भव भएसम्म लचिलो भएर आन्दोलनमा रहेका राजनीतिक दलका मागलाई सम्बोधन गर्नेतर्फ प्रमुख दल र सरकार लाग्नुपर्ने भन्दै उनले कुनै पनि दललाई अपमानित गर्ने वा किनारा लगाउने काम गर्न नहुने बताए ।

राजनीतिक विश्लेषक सोनाम छिरिङ शेर्पाले राष्ट्रियता जोगाउन भए पनि चुनाव गर्नैपर्ने भएकाले सबै राजनीतिक दल मिलेर ४ मंसीरको चुनाव सफल बनाउनुपर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>