समाचारबुधबार, आषाढ १२, २०७०
राष्ट्रपति अस्पतालबाट डिस्चार्ज
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले डा. यादव उपचारपछि फर्कन लागेको जानकारी दिए । ४ असारदेखि अस्पतालमा उपचार गराइरहेका राष्ट्रपति यादवको कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटी स्क्यानलगायतका सम्पूर्ण परीक्षण सम्पन्न गरिएको थियो ।
अस्पतालका प्राध्यापक तोसिकाई वातानावे नेतृत्वको विशेषज्ञ टोलीले १२ असारमा राष्ट्रपतिलाई अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको हो ।रासस
