थप समाचारबिहीबार, आषाढ १३, २०७०
मुक्त कम्लरीको छुट्टै विद्यार्थी संगठन
‘आफ्नो अधिकारका लागि आफै जुटौं’ भन्ने नाराका साथ मुक्त कम्लरी विद्यार्थीहरुले बाँकेमा ‘मुक्त कमलरी विद्यार्थी युनिययन’ गठन गरेका छन् । दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका करिब १२ हजार मुक्त कमलरीहरुले बेग्लै विद्यार्थी संगठन खोलेका हुन् ।
मुक्त कम्लरी विद्यार्थीहरुको भेलालले सुमिता कुमारी थारुको अध्यक्षतामा १७ सदस्यीय बाँके जिल्ला कार्यसमिति विस्तार गरेको छ ।
उनीहरुले अब राजनीतिक पार्टीका भातृसंगठनहरुले मुक्त कम्लरीहरुको मुद्दालाई विशेषरुपमा अगाडी सार्नका लागि दबाव दिने बताएका छन् । मुक्त कम्लरी विद्यार्थीहरुले निशुल्क शिक्षाको व्यवस्था हुनु पर्ने, राज्यले दिइरहेको छात्रवृतिको रकम वढाउनुपर्ने लगायतका माग समेत राखेका छन् ।
देबकी विष्ट, हिमालखबर
