रमझमबिहीबार, आषाढ १३, २०७०
डाक्टर गायिका
निवेदिताको पहिलो अल्बमको डुबी जाने घाम जस्तै बोलको गीत हिट भएको छ। संगीत प्रवीण श्रीराम आचार्यकी शिष्या रहेकी उनी मूल पेशाका कारण सोखले समय नपाएको वा कम पाएको बताउँछिन्। थप अध्ययनका लागि अष्ट्रेलियाको लाट्रोव युनिभर्सिटीमा भर्ना भएकी गायिका भन्छिन्, “गीत हिट भएपछि गीत–संगीत क्षेत्रमा जम्ने आत्मविश्वास बढेको छ।”
