समाचारबिहीबार, आषाढ १३, २०७०

नेकपा–माओवादीद्वारा १३५ विगाह जग्गा कब्जा

हिमालखबर

महोत्तरीका बसन्त श्रेष्ठ, नरेश यादव र जगन्नाथ सिंहको स्वामित्वमा रहेको १३५ बिगाह जमिन नेकपा–माओवादीले कब्जा गरेको छ ।

तत्कालीन नेकपा माओवादीले २०५५ सालमा कब्जा गरेको सो जग्गा २०६५ सालमा फिर्ता गरेको थियो ।

पार्टीको झण्डा गाडेर कब्जा गरिएको सो जग्गामा धमाधम सुकुम्वासी बस्ती बसाउन लागिएको नेकपा–माओवादीको वर्गीय सङ्गठन अखिल नेपाल किसान सङ्घको मिथिला ब्युरो सहसंयोजक अप्सरा बरालले बताइन् ।

यसअघि जिल्लाको भङ्गाहा, हरिहरपुरहरिनमरी र बनौटा गाविसमा गरी करिब १०० बिघा जग्गा सो दलले २०५५ सालदेखि नै कब्जा गर्दैआएको छ ।

यसैबीच मानवअधिकारकर्मी र कानून व्यवसायीहरुले माओवादीले अवैधरुपमा जबरजस्ती अरुको निजी सम्पत्ति कब्जा गरेर गाउँबस्तीका बासिन्दालाई तर्साउन खोजेको बताएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>