थप समाचारबिहीबार, आषाढ १३, २०७०

प्रजनन शिक्षा किशोर किशोरीका लागि अति उपयोगी

हिमालखबर

शिक्षा मन्त्रालयले गत वर्ष कक्षा ६ देखि शुरु गरेको प्रजनन शिक्षा अति उपयोगी भएपछि क्रमशः अन्य कक्षामा पनि प्रजनन शिक्षा लागू गर्दै जाने नीति लिएको छ ।

नेपाल परिवार नियोजन सङ्घले डेनिडाको आर्थिक सहयोगमा कास्की, धनकुटा, काभ्रे र डोटीमा गरेको अध्ययनमा विद्यालय तहको सो विषयले किशोर किशोरीलाई यौनिकता विषयमा खुलेर कुरा गर्न सिकाएको छ ।

सङ्घद्वारा १३ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा सङ्घका निर्देशक प्राध्यापक केपी विष्टले विद्यालय तहको स्वास्थ्य शिक्षाअन्तर्गतको सघन यौनिकता शिक्षाले किशोर किशोरीलाई प्रजनन शिक्षामा नयाँ ज्ञान दिनुका साथै यस विषयमा खुलेर कुरा गर्न सिकाएको बताए ।

विज्ञान विषयका शिक्षकलाई सो विषयसँग सम्बन्धित तालिम दिँदा पठनपाठनमा प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । ती चार जिल्लाका ९० जना शिक्षकलाई तालिम प्रदान गरिएको थियो ।

तालिम प्राप्त तथा अप्राप्त शिक्षकबीच गरिएको तुलनामा अध्ययनले तालिम प्राप्त शिक्षकले गरेको पठनपाठन अझ प्रभावकारी देखिएको छ । अध्ययनका साथै सो कार्यक्रमले विद्यालय जान नसकेका किशोर किशोरीहरुका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>