समाचारशुक्रबार, आषाढ १४, २०७०
मंसिरमै चुनाव हुनेमा शंका छैनः नेपाल
वीरगञ्जको रामगढवामा १४ असारमा आफ्ना पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै नेता नेपालले अन्तराष्ट्रिय समुदाय, दातृ निकाय पनि चुनावकै पक्षमा रहेको बताए । उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानसभाको चुनावमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह समेत गरे ।
पूर्व प्रधानमन्त्री नेपालले आगामी संविधासभामा सभासद संख्या ६०१ बनाउन नहुनेमा जोड दिए । उनले एमाओवादी नेताहरूलार्य बन्दुकको धंगधंगीबाट मुक्त हुन सुझाव समेत दिए ।
देशका विभिन्न ठाउँमा भ्रमण गरिरहेका पूर्व राजा ज्ञानेन्द्र शाहतर्फ इंकित गर्दै नेता नेपालले मठ मन्दिरमा पुजा गर्दैमा राजतन्त्र फर्किन नसक्ने उल्लेख गरे । उनले भने, “नदी उल्टो बग्न सक्ला तर राजतन्त्र फर्कन सक्दैन ।”
अलि असगर, वीरगञ्ज
