समाचारशुक्रबार, आषाढ १४, २०७०

रुकुमकोटलाई केन्द्र बनाएर ५.५ रेक्टर स्केलको भुकम्प

हिमालखबर

जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार ५.५ रेक्टर स्केलको भुकम्प गएको पुष्टि भए पनि अहिलेसम्म क्षतिको कुनै विवरण आइपुगेको छैन । जिल्लामा कहाँ के कती क्षति भयो भन्ने बारेमा मातहतका सबै प्रहरी युनिटलाई निर्देशन दिइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

रुकुमकोट सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्छ ।

भुकम्पका कारण अर्घाखाँचीको ठुलापोखरा गाविसस्थित  बिरेन्द्र उच्च माबि को भवन भत्किएको अर्घाखाँचीस्थित सहकर्मी प्रेमनारायण आचार्यले जानकारी दिएका छन् ।

भुकम्पको धक्का रुकुम आसपासका जिल्लाहरु र सुर्खेतमा पनि महशुस गरिएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । त्यसैगरी पोखरामा पनि भुकम्पको धक्का महशुस गरिएको हिमालकर्मी माधव वरालले बताएका छन् ।

लक्ष्मण केसी, रुकुम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>