समाचारशनिबार, आषाढ १५, २०७०

रामचन्द्र झाले एमाओवादी छाड्ने

हिमालखबर

गत २४ चैतमा तामझामका साथ एमाओवादीमा प्रवेश गरेका एमालेका तत्कालिन पोलिटब्युरो सदस्य रामचन्द्र झाले एमाओवादीमा पदाधिकारी चयन हुँदा आफू नपर्ने पक्का भएपछि एमाओवादी पनि छाडेर अब सक्रिय राजनीति नगर्ने बताएका छन् ।

१४ असारमा बीबीसी नेपाली सेवालाई अन्तवार्ता दिंदै झाले एमाओवादीमा पाँच जनामात्रै पदाधिकारी राख्ने भएमा आफूलाई स्थायी कमिटीमा लग्ने, यदी पदाधिकारीको संख्या बढ्यो भने आफूलाई पनि पदाधिकारी बनाउने कुरा भएकोमा हाल ९ जना पदाधिकारी बनाउँदा पनि आफू त्यसमा नपरेकाले पार्टी छाड्ने बताएका हुन् ।

उनले एमाओवादीभित्र को पहिले आएको र को पछि भनेर पदीय हैसियत तोक्न नमिल्ने भन्दै नेपालको कम्युनिष्ट आन्दोलनमा आफ्नो योगदान कसैको भन्दा कम नभएको बताए् ।

एमाओवादी भित्रै पदाधिकारीका लागि निर्वाचनको माग समेत भएको भन्दै झाले निर्वाचन बाट पदाधिकारीको चयन हुनु लोकतान्त्रिक विधि हुने पनि बताएका छन् ।

उनले एमाओवादी केन्द्रीय कमिटीको बैठकलाई भद्रगोल मेला जस्तै भने ।

झाले अन्तर्वार्तामा आफूले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि यसबारेमा जानकारी गराईसकेको भन्दै केन्द्रीय कार्य समितिबाट राजीनामा गरेर बरु चुप लागेर बस्ने घोषणा समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>