थप समाचारआइतबार, आषाढ १६, २०७०

विश्व ह्वीलचेयर यात्री दाङमा

हिमालखबर

९ वर्षअघिदेखि ह्वीलचेयरबाट यात्रा शुरु गरी बिश्वका ८ राष्ट्र पुगिसकेका ओखलढुंगाका तेजबहादुर कार्की १६ असारमा दाङ आइपुगेका छन् । फरक क्षमता भएका ब्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन यात्रा शुरु गरेको उनले बताए ।

भारतको आसाम हुँदै बंगलादेश, भियतनाम, लाओस, मलेसिया, श्रीलंका, बर्मा, थाइल्याण्ड र भुटानको यात्रा गरेका कार्कीले भियतनामा दुःख पाएको र सबै भन्दा बढी स्वागत थाईल्याण्डमा पाएको बताए ।

नेपालका ६८ जिल्लाको भ्रमण पूरा गरी सेकेका उनी नेपाल यात्रा सकेपछि अमेरिका, युरोप जाने तयारीमा छन् । विश्व यात्राका क्रममा जम्मा भएको रकमले शान्ति बालगृह मार्फत असहाय १७ जना बालबालिकालाई पालन पोषण गरिरहेको कार्कीले बताए ।

उनले बाबु आमाले अस्पतालमा छोडेका, सार्वजनिक स्थालमा बेसहरा भेटिएका बालबालिकालाई आश्रय दिनुका साथै अध्ययन पनि गराइरहेका छन् ।

१६ असारमा तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “मलाई तपाईहरुको सहयोग चाहिएको छ , मेरो उद्देश्य शान्तिको कामना गर्दै बिश्व भ्रमण र त्यसक्रममा जम्मा भएको रकमले बेसहारा बालबालिकाको भविष्य उज्जवल बनाउने हो ।

देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>