थप समाचारसोमबार, आषाढ १७, २०७०
१४ असारको भुकम्पले रुकुममा क्षति
विपद व्यवस्थापन पत्रकार समाज नेपाल रुकुमले १६ असारमा सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका विभिन्न स्थानका निजी र सार्वजनिक भवनहरुमा भुकम्पले क्षति पुर्याएको छ ।
१४ असार साँझ साढे ५ बजे करिब ५ सेकेण्डसम्म आएको ५ दशमलव ५ रेक्टरको भुकम्पले सदरमुकाम खलंगा–६ स्थित प्रहरी चौकी भवन र वडा नं. २ मा निजी भवनमा क्षति पुगेको छ ।
त्यस्तै रुकुमकोटमा १३ वटा निजी घर र चारवटा विद्यालय भवन, सिम्ली गाविसमा दुई निजी घर, पसल, उपस्वास्थ्य चौकी, उमावि भवन, पुर्तिमकाँडा गाविसको प्रहरी चौकीको भवन भत्केको छ । वडा नं. २ मा मोहन कुमार वुढाको घर भत्कंदा छोरा चेतन वुढा सामान्य घाइते भएका छन् । वडा नं. १ मा ५ वटा घरमा क्षति भएको छ ।
त्यस्तै मग्मा गाविस कार्यालयको भवन, उप स्वास्थ्य चौकी, वडा नं. १ दुईवटा घर, कोटजहारी गाविसमा एक प्रावि र तीनवटा घर, आठविसकोटमा ४ वटा निजी घर र एउटा प्रावि भवन भत्केको छ ।
क्षति पुगेको अधिकांश भवनहरु चर्किएका छन् भने कतिपय भत्किएका पनि छन् ।
पत्रकार समाजका अध्यक्ष वीरबहादुर मल्लले यो प्रारम्भिक प्रतिवेदनमात्रै भएको बताउँदै अझै क्षति विवरण संकलन भइरहेको पनि बताए । त्यस्तै समाजले पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न पनि माग गरेको छ ।
यसअघि गत फागुनमा पनि त्यही स्थानलाई केन्द्र बनाएर रुकुममा भुकम्प गएको थियो ।
गजेन्द्र बोहरा, दाङ
