थप समाचारसोमबार, आषाढ १७, २०७०
अमेरिकामा आगो निभाउन गएका १९ को मृत्यु
अमेरिकाको एरिजोना राज्यको वन व्यवस्थापन विभागका प्रवक्ताले आगलागी भएको इलाकामा १९ जना अग्निनियन्त्रकको शव भेटिएको जनाएका छन् ।
आगलागीबाट कम्तीमा पाँच सयवटा घर क्षतिग्रस्त भएको जनाइएको छ । यस जङ्गलमा आगलागीका कारण कम्तीमा ५० परिवारलाई सुरक्षितस्थानमा सारिएको छ ।
आगलागि नियन्त्रणका लागि करिब दुईसय अग्निनियन्त्रक सञ्चालन गरिएको समाचारमा उल्लेख छ ।
सिन्ह्वा

