समाचारमंगलबार, आषाढ १८, २०७०

अफगानिस्तानमा आत्मघाती आक्रमणमा चार नेपालीको हत्या

हिमालखबर

नेटो सेनालाई रसद र बन्दोबस्तीका सामान उपलब्ध गराउने फर्मको गेट जहाँ तालिबानीले आत्मघाती आक्रमण गरे ।

काबुलमा १८ असार बिहान चरमपन्थी तालिबानीले विष्फोटकले भरिएको ट्रकसहित नेटो सेनालाई रसद र अन्य सामान आपूर्ति गर्ने फर्ममा विष्फोट गराउँदा चार नेपाली, एक अफगान नागरिक र पाँच जना आक्रमणकारी मारिएको सरकारी प्रवक्तालाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

गतहप्ता मात्रै तालिबानीले काबुलको निकै सुरक्षित मानिएको राष्ट्रपति भवनमा बम र गोलीबाट आक्रमण गरेका थिए ।
तालिबानले आफूले गरेको आक्रमणबाट तीन सुरक्षाकर्मी र चारजना आक्रमणकारी मारिएको बताएको बीबीसीले जनाएको छ ।

एकजना आक्रमणकारीले नेटो सेनालाई ‘लजिस्टिक’ आपूर्ति गर्ने फर्मको कम्पाउण्डमा ट्रक बम विष्फोट गराएको र अन्यले फायरिङ गरेको अफगान प्रहरीले जनाएको छ । आक्रमण बिहान करिब पाँच बजे भएको र एकघण्टासम्म दोहोरो गोली हानाहानसमेत भएको बताइएको छ ।

पछिल्लो समयमा अमेरिकाको समर्थनमा तालिबानीहरुसँग शान्तिवार्ता गर्ने सहमति भए पनि तालिबानीहरुले नेटो सेना र अफगान सुरक्षाकर्मीमाथिको आक्रमण बढाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>