समाचारमंगलबार, आषाढ १८, २०७०

महासचिव वानद्वारा निष्पक्ष निर्वाचनमा जोड

रासस

परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग गएराति जेनेभामा भएको भेटवार्तामा महासचिव वानले सन् २०२२ सम्ममा अति कमविकसित मुलुकहरूको सूचीबाट उक्लन नेपालले गरेको प्रयासको सराहना गर्दै सहश्राब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गरे ।

दिगो राजनीतिक स्थायित्वले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्दै उनले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सेनाले पु¥याएको योगदानको स्मरण गरे । “नेपाली शान्ति सेनाको बलिदान त्यसै खेर जाँदैन”–उनले भने ।

त्यस अवसरमा मन्त्री घिमिरेले संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रतिको नेपालको प्रतिबद्धता दोहो¥याउँदै अन्तरिम मन्त्रिपरिषद् गठन तथा संविधानसभा निर्वाचनको मिति घोषणाप्रति राष्ट्रसङ्घले गरेको स्वागतको नेपाल सरकारको तर्फबाट आभार व्यक्त गरे ।

नेपालको वर्तमान राजनीतिक अवस्था, शान्ति प्रक्रियामा भएको प्रगति तथा ४ मंसीरमा संविधानसभाको निर्वाचन गर्न सरकारले थालेको तयारीबारे जानकारी दिँदै मन्त्री घिमिरेले निर्वाचनका निम्ति राष्ट्रसङ्घ तथा महासचिवबाट सहयोग एवम् ऐक्यबद्धताको अपेक्षा नेपालले गरेको बताए ।

सबै राजनीतिक दलहरूलाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रतिबद्धता दोहो¥याउँदै मन्त्री घिमिरेले स्वतन्त्र, निष्पक्ष निर्वाचनका निम्ति सरकार लागिपरेको जानकारी दिए ।

जेनेभास्थित नेपाली नियोगका अनुसार मन्त्री घिमिरेले लुम्बिनीको बृहत्तर विकास, बदलिदो विश्व परिवेशमा औपचारिक विकास सहायताको वृद्धि, इस्तानबुल कार्ययोजनाका लक्ष्य र उद्देश्य कार्यान्वयन, जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्नेलगायत विषयमा महासचिव वानको ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक समितिको उच्चस्तरीय बैठकमा भाग लिने क्रममा मन्त्री घिमिरे हाल जेनेभामा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>