समाचारमंगलबार, आषाढ १८, २०७०
निर्धारित मितिमा नै चुनाव हुन्छः दाहाल
नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीसँग १८ असार बिहान लाजिम्पाटस्थित आफ्नै निवासमा भएको भेटमा एमाओवादी अध्यक्ष दाहालले असन्तुष्ट दलहरूलाई पनि निर्वाचनमा सामेल गराउन सरकार र उच्चस्तरीय राजनीतिक समिति लागिपरेको भन्दै ४ मंसीरमा निर्वाचन हुने बताएका छन् ।
त्यसअवसरमा राजदूत ताकाहासीले निर्वाचनको तयारीबारे राखेको जिज्ञासामा अध्यक्ष दाहालले जस्तोसुकै परिस्थितिमा चुनाव गराउन आफूहरू दृढ भएर लागेको जानकारी दिएको उनका सहयोगी शिव खकुरेलले बताए ।
राजदूत ताकाहासीले स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन हुनेमा आफू विश्वस्त रहेको बताउँदै त्यसका लागि जापानले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहाललाई उद्धृत गर्दै खकुरेलले जानकारी गराए ।
