समाचारमंगलबार, आषाढ १८, २०७०

चिया गफका पछि नलाग्न देउवाको सुझाव

हिमालखबर

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९० औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता शेरबहादुर देउवाले कुनै पनि हालतमा ४ मंसीरमा निर्वाचन हुने भन्दै निर्वाचन हुँदैन भन्ने भन्ने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् ।

देउवाले भने, “चुनाव गराउन भनेर नै वर्तमान सरकार गठन भएको छ, सरकार र निर्वाचन आयोग निर्वाचन सम्पन्न गराउन लागिरहेका छन्, अब राजनीतिक दलहरु सबै कुरा छाडी निर्वाचनमा होमिनुपर्छ ।”

वर्तमान सरकारलाई विघटन गरेपछि मात्रै चुनावमा जान्छौँ भन्ने केही दलको भनाई चुनाव हुन नदिने बखेडा मात्र भएको देउवाको भनाई छ । उनले भने, “अब पनि नयाँ प्रधानमन्त्री बनाउने खेल र कचकचमा लाग्ने हो भने नयाँ प्रधानमन्त्री बनाउन एकवर्ष लाग्छ अनि कहिले चुनाव गर्ने हो ?”

देउवाले आफूले स्व कोइरालालाई छिटो निर्णय गर्न सक्ने राजनेताका रुपमा स्मरण गरेको बताए ।
सशस्त्र हिंसा गरिरहेको नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन स्व. कोइरालाको भूमिका अहम् रहेको बताए ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले ४ मंसीमा हुने चुनावलाई कसैले चाहेर पनि सार्न र टार्न नसक्ने भन्दै चुनावमा भाग नलिनेहरु पछि पर्ने दाबी गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>