समाचारमंगलबार, आषाढ १८, २०७०
सदभावना पार्टी र कौटिल्य समूहबीच एकीकरण
सदभावना पार्टी र सञ्जयकुमार गुप्ता (कौटिल्य शर्मा) नेतृत्वको ‘संयुक्त जनतान्त्रिक तराई मोर्चा’ बीच एकीकरण भएको घोषणा १८ असारमा काठमाडौंमा गरिएको छ ।
रिपोर्टर्स क्लब नेपालमा भएको एकीकरण कार्यक्रममा बोल्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक मागहरु राख्दै हिंसात्मक आन्दोलन गरे पनि अब शान्तिपूर्ण राजनीतिमा आउन चाहनेहरुसँग आफ्नो दलको एकता हुने भन्दै सरकारसँग वार्तामा रहेका समूहहरुको सुरक्षा र उनीहरुलाई राजनीतिक मुलधारमा ल्याउनका लागि भएका सहमतिहरु सरकारले कार्यान्वयन गर्नुपर्ने बताए ।
त्यस्तै कौटिल्य शर्माले आफूले हिंसा त्यागेको घोषणा गरिसकेको र विभिन्न स्थानबाट हतियारहरुसमेत सरकारलाई बुझाएको भन्दै अब सद्भावना पार्टीमा रहेर शान्तिपूर्ण राजनीतिमा सक्रिय रहने बताएका थिए ।
