थप समाचारमंगलबार, आषाढ १८, २०७०

सात जनजाति पार्टीबीच एकिकरण

हिमालखबर

पूर्वमन्त्री एमएस थापा नेतृत्वको जनमुक्ति पार्टी र डिके बुद्धिष्ट संयोजक रहेको एकता अभियानबीच १८ असारमा राजधानीमा एकिकरण भएको हो । अभियानमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टी, ताम्सालिङ नेपाल राष्ट्रिय दल, आदिवासी जनजाति पार्टी नेपाल, नेपाल समता पार्टी र ताम्सालिङ् राज्य परिषद्का नेताहरू सम्मिलित थिए ।

कार्यक्रममा पूर्वमन्त्री थापाले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनुपर्ने बताए । अभियानका संयोजक बुद्धिष्टले गणतन्त्र, संघीयता र राष्ट्रियताका पक्षधरहरूबीच एकिकरण आवश्यक भएको बताए । जनमुक्ति पार्टीको नाम, झण्डा, विधान र घोषणापत्रलाई स्विकारेर एकिकरण भएको थापा र बृद्धिष्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>