समाचारमंगलबार, आषाढ १८, २०७०
गोलमेच सम्मेलनका लागि तयार छौं: पौडेल
गिरिजाप्रसाद कोईरालाको ९० औं जन्मजयन्तीका अवसरमा तनहुँको बेलचौतारामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले नेकपा–माओवादीले भनेजस्तो गोलमेच सम्मेलनका लागि कांग्रेस भएको तर, त्यसबाट समस्या समाधान भने नहुने बताएका छन् ।
“सबै आफ्नै अडानमा केन्द्रित हुने भएकाले गोलमेच सम्मेलनबाट निकास निस्कने सम्भावना छैन, पौडेलले भने, “तर पनि नेकपा–माओवादीले चाहेमा त्यसका लागि छलफल गर्न तयार छौं ।”
जारी केन्द्रिय समितिको बैठकबाट चारदलसँग वार्ताका लागि म्यान्डेट लिन पार्टी अध्यक्ष मोहन वैद्यलाई आग्रह गर्दै उनले त्यसपछि हुने वार्तामा माओवादीलाई सजिलो हुने गरी सहमति गर्न आफुहरु तयार रहेको बताए ।
उनले सहमति गर्ने नाममा बिगतमा भएको २५ वा ११ बुँदे खारेजीको माग गर्नु समस्या समाधान भन्दा बिगार्ने प्रयास भएको दाबी गर्दै अन्य विकल्पका लागि सबै दल तयार रहेको समेत बताएका थिए ।
पवन पौडेल, तनहुँ
