समाचारमंगलबार, आषाढ १८, २०७०
झारखंडमा माओवादी आक्रमणमा एसपीसहित ६ को मृत्यु
झारखंड प्रहरी महानिर्देशकका अनुसार १८ जेठमा माओवादी आक्रमणमा पाकुडका एसपी अमरजीत बलिहारसहित ६ जना प्रहरीको मृत्यु भएको टाइम्स इण्डियाले जनाएको छ ।
झारखंडको दुमकाबाट फर्किदै गरेका एसपी बलिहारको बाहनमा माओवादीले आक्रमण गरेपछि उनका चालक र अन्य चारनजना प्रहरी मारिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसअघि ११ जेठमा छत्तीसगढ़को बस्तरमा भारतीय कांग्रेसको परिवर्तन यात्राका क्रममा माओवादीले गरेको आक्रमणमा परी रदेश कांग्रेस अध्यक्ष नन्दकुमार पटेल र वरिष्ठ नेता महेन्द्र कर्मासहित २७ जनाको मृत्यु भएको थियो ।
घट्नाका बारेमा विस्तृत विवरण आउन अझै बाँकी भएको प्रहरी निर्देशक राजीव कुमारले बताएका छन् ।
