समाचारबुधबार, आषाढ १९, २०७०

सबैको सहभागिता सुनिश्चित गर्नुस: रेग्मी

हिमालखबर

मन्त्रिपरिषद अध्यक्षको निवास बालुवाटारमा १९ असारमा भएको भेटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले सरकार चुनावी प्रक्रियामा लागिसकेकाले सबैको सहभागिताका लागि विशेष पहल गर्न आग्रह गरेको रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

दाहालले निर्वाचन प्रक्रिया भन्दा बाहिर रहेका दललाई निर्वाचनमा सहभागी गराउन आफू सक्रिय रहेको बताएका थिए ।

उनले सरकारले पनि सबै दल र पक्षलाई चुनावी प्रक्रियामा ल्याउन पहल गर्नुपर्नेमा जोड दिएको दाहालको निजी सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>