समाचारबुधबार, आषाढ १९, २०७०
लैंगिक अल्पसंख्यकहरुद्वारा उम्मेदवारी घोषणा

समलिंगी र तेस्रो लिंगीहरुले आगामी संविधान सभा निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । तस्बीर: देवकी बिष्ट
निलहिरा समाजले १९ असारमा राजधानीमा पत्रकार सम्मेलन गरी संबिधानसभा निर्वाचनका लागि समलिंगी र तेस्रोलिंगीको नामसहित उम्मेद्वारी घोषणा गरेको छ ।
देशभरका बिभिन्न जिल्लाहरुवाट ६२ जना लैंगिक अल्पसंख्यकहरुले उम्मेद्वारी दिने पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । तर उनीहरुले कुनै पार्टीबाट उम्मेदवारी दिने हुन वा स्वतन्त्र रहने हुन् भन्ने खुलाएका छैनन् ।
उम्मेदवारको नाम घोषणाबाट संविधानसभामा लैंगिक अल्पसंख्यकहरुको प्रतिनिधित्व गराउन दबाब पुग्ने निलहिरा समाजका सुनिलबाबु पन्तले बताएका छन् ।
केही राजनीतिक दलहरुले समलिंगी, तेस्रो लिंगीहरुलाई उम्मेद्वार बनाउन तयार रहेको भन्दै पन्तले राजनीतिक दलवाट उम्मेद्वार बन्ने अबस्था नभए स्वतन्त्र उम्मेदवार बन्ने बताए ।
अल्पसंख्यक समुदायको हक अधिकार स्थापित गर्ने ऐतिहासिक अवसरको सदुपयोगका लागि आफ्नो समुदायका उमेद्वारहरुलाई बिभिन्न किसिमका तालिम दिई सक्षम बनाउने तयारी गरेको पन्तले जानकारी दिए ।
देबकी विष्ट, हिमालखबर
