समाचारबुधबार, आषाढ १९, २०७०
सम्पूर्ण शक्ति लगाएर निर्वाचन बहिस्कार गर्छौं: वैद्य
१५ असारदेखि पोखरामा जारी पार्टी केन्द्रीय कमिटीको पूर्ण बैठकको समापनपछि १९ असारमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको पूर्ण बैठकका सहभागीहरुले सर्वसम्मत रुपमा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको बताए ।
निर्वाचनबाट सही समाधान ननिस्कने देखेरै बहिष्कार गर्ने निर्णय लिनु परेको उनको भनाइ थियो ।
चार दलीय ‘सिन्डिकेट’ बाट गरिएको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउमार्फत अन्तरिम संविधानका २५ वटा धारा संशोधन, बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन जस्ताप्रक्रिया अलोकतान्त्रिक, असंवैधानिक र गलत भएको ठहर बैठकले गरेको बताउँदै अध्यक्ष वैद्यले राजनीतिक दलहरु र सरोकारवालाहरुको गोलमेच सभामार्पmत राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिए ।
संयुक्त सरकारको नेतृत्व राजनीतिक पार्टीबाटै हुनुपर्ने आफ्नो मागलाई बेवास्ता गर्दै चुनावको तिथिमिति तोक्ने, निर्वाचन आयोगद्वारा निर्वाचन कार्यक्रमका तालिका प्रकाशित गर्ने, मतदाता नामावली सङ्कलन गर्ने जस्ता कामअघि बढाइएकामा विरोध जनाउँदै उनले आफ्नो पार्टीलाई अलग्याएर हुने कुनै पनि काम स्वीकार्य नहुने बताए ।
निर्वाचन बहिष्कारको क्रममा सिङ्गो पार्टी, सम्पूर्ण जनवर्गीय मोर्चा, आम नेपाली जनता र मोर्चामा आबद्ध ३३ दलहरुको संयुक्त बैठकबाट आन्दोलनको कार्यक्रम तय गर्ने पनि उनले जानकारी दिए ।
