थप समाचारबुधबार, आषाढ १९, २०७०
दाइजो नल्याएको निहुँमा यातना
सप्तरी सदरमुकाम राजविराज–२ बस्ने प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले १९ असार बिहान आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत ११ असार राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् ।
सप्तरीको बरही वीरपुरका सूर्यनारायण झाकी छोरी राखी र राजविराज–२ चनौरा पड्रियाका राधाकान्त झाका छोरा प्रवीणबीच एक वर्षअघि मागी विवाह भएको थियो ।
विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् ।
विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको उनको आरोप छ ।
अभियुक्तहरुमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरुले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् ।
