समाचारबिहीबार, आषाढ २०, २०७०
जनकपुर चुरोट कारखाना बन्द गर्ने निर्णय
सरकारले जनकपुर चुरोट कारखाना बन्द गर्ने निर्णय गरेको छ । २० असारको मन्त्रिपरिषद् बैठकले सञ्चालक समिति विघटन गरेर कर्मचारीलाई पनि अवकास दिने निर्णय गरेको छ ।
बैठकले उद्योगको संरचना वैकल्पिक रुपमा प्रयोग गर्न अध्ययनसहित सरकारलाई सुझाव दिन उद्योग मन्त्रालयका उपसचिवको संयोजकत्वमा एक कार्यदलसमेत गठन गरेको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले सरकारले कारखानाको सम्पति वैकल्पिक रुपमा प्रयोग नगरुन्जेल उद्योग मन्त्रालयका सहसचिवलाई नै महाप्रबन्धको जिम्मेवारी दिने निर्णय गरेको बताए । कारखानामा अहिले ७ सय ५८ कर्मचारी छन् ।
अर्थ मन्त्रालयको प्रस्तावमा राष्ट्रिय मुद्रा संग्रहालयको स्वर्ण जयन्तिको अवसरमा रु। ५० का २ हजार थान सिक्का र नेपाल रेडक्रस सोसाइटिको स्वर्ण जयन्तिको अवसरमा रु १ हजार का २ हजार थान चा“दीका सिक्का छाप्ने निर्णय बैठकले गरेको छ ।
बैठकले विभिन्न दातृ निकायले दिएको ऋण अनुदान र सहयोग सम्झौतामा हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी पनि दिएको छ ।
