थप समाचारबिहीबार, आषाढ २०, २०७०
इजिप्टको अन्तरिम सरकारको नेतृत्व प्रधानन्यायाधिशलाई
सेना प्रमुख जनरल अब्देल फतह अल सीसी नेतृत्वको सेनाले तत्कालिन राष्ट्रपति मोहम्मद मुर्सीलाई बर्खास्त गरेको एक दिनपछि उनले यो जिम्मेवारी सम्हालेका हुन् ।
इजिप्सियन जनता र सेनाको कार्यको तारिफ गर्दै मन्सुरले शासकको चाकरी गर्ने दिन समाप्त हुनुपर्ने बताएका छन् ।
मन्सुरले भने ताजा चुनाव नै एक मात्र बाटो हो, तर त्यो कति चाँडो गर्नसकिन्छ अहिल्यै भन्न सकिने अवस्था छैन ।
जनताद्वारा चुनिएका पहिला राष्ट्रपति मुर्सीले जनभावना मिचेर आफूमा असिमित शक्ति राखेका कारण गत वर्षदेखि नै जनस्तरबाटै विरोध हुन थालेको थियो ।
विरोध चुलिंदै गएपछि सैनिक हस्तक्षेप मार्फत् मुर्सीलाई उनकै घरमा नजरबन्द गरी प्रधानन्यायाधिश मन्सुरको नेतृत्वमा अन्तरिम चुनावी सरकार गठन गरिएको हो ।
जनताद्वारा नै चुनिएका मुर्सीलार्ई बर्खास्त गरी नयाँ संविधान निर्माण गर्ने सेनाको योजनाको यो पहिलो कदम हो ।
एजेन्सी


