समाचारशनिबार, जेठ २७, २०६९
प्रमुख चार शक्तिले संविधानसभा विघटन गरेको आरोप
२७ जेठमा राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष यादवले तीन प्रमुख दल र मधेशी मोर्चाको एउटा घटकको ‘सुनियोजित षड्यन्त्रबाट संविधानसभालाई खतम पारिएको’ दाबी गरे । यादवले संविधानसभाको निर्वाचनका लागि नयाँ मिति तोक्नेबाहेक अन्य विषयमा उनीहरुबीच सल्लाह भएको दाबी पनि गरे ।
“मिति तोकेर बोलाइएको बैठकको अध्यक्षता, सञ्चालन र सम्बोधन नै नगरी संविधानसभा भङ्ग भएको विश्वकै पहिलो लज्जास्पद घटना नेपालमा भयो”, फोरम अध्यक्ष यादवले भने, “एकथरीले बहुलवाद र लोकतन्त्रलाई आत्मसात गर्न नमानेर अनि अर्का थरीले सङ्घीयता र समावेशीकरण अस्वीकार गरेर संविधानसभालाई उपलब्धिहीन बनाएर फालिएको छ ।”
अध्यक्ष यादवले ताजा जनादेशको नाउँमा नयाँ संविधानसभा निर्वाचनमा जानु संवैधानिक र कानूनी जटिलताका अतिरिक्त नैतिकताका आधारमा पनि अप्ठ्यारो भएको बताए । र्सवदलीय सम्मेलनमार्फ संविधानको मस्यौदा तयार गरेर जनतामा लगि जनताको रायसुझावका आधारमा परिमार्जन गरी व्यवस्थापिका-संसद्को निर्वाचनपछि नयाँ संविधान जारी गर्दा उपयुक्त हुने यादवको सुझाव थियो ।
बिना सहमति कुनै दल विशेषले मुलुकलाई संकटबाट पार लगाउन नसक्ने बताउँदै अध्यक्ष यादवले भने, “जनजाति, मधेशी, महिला, दलितलगायतलाई बहिस्करणमा पारेर पारेर पनि समाधान हुँदैन ।”
