थप समाचारशुक्रबार, आषाढ २१, २०७०
ढिलो बिहे दर्ता गर्दा एमाले सचिवलाई जरिवाना
सुजाता शाक्यसँग बिवाह गरेका दाङको बिजौरी गाविस निवासी पोखरेलले २० असारमा जिल्ला प्रशासन कार्यालयमा १ सय ५० रुपैंयाँ जरिवाना तिरी बिवाह दर्ता गराएका हुन् ।
३५ दिनभित्र व्यक्तिगत घटना दर्ता गरिसक्नु पर्ने अन्यथा जरिवाना लाग्ने पञ्जिकरणको नियम अनुरुप पोखरेलले उक्त जरिवाना तिर्नु परेको हो ।
बिजौरी गाविस सचिव ठाकुर प्रसाद न्यौपानेले पोख्रेल दम्पतिलाई दर्ता नं.४९ को बिवाह प्रमाणपत्र प्रदान गर्दै आफै बिहे दर्ता गर्न गाविस कार्यालय आएकोमा धन्यवाद पनि दिए ।
बिहे दर्तासँगै उनीहरुले दुई छोरीहरु अंकिता र आकृतिको जन्मदर्ता पनि गराएका छन् । जोकोही पनि कानुनी दायराभित्र आउनुपर्छ भन्ने सन्देश दिन आफूले ढिलै भए पनि बिवाह दर्ता गराएको पोखरेलले बताए ।
“राजनीतिक व्यस्तताले गर्दा बिहे दर्ता गराएका थिएनौं, यसपाली सबै जना दाङमै भएको साथै कार्यकर्ताहरुले पनि गर्नुपर्छ भने” पोख्रेलले भने “त्यसैले आफै गाविस कार्यालयमा गएर बिहेदर्ता गराएँ ।”
गजेन्द्र बोहरा/दाङ
