थप समाचारशनिबार, आषाढ २२, २०७०
यति एयरलाईन्स र राईका टुर्सद्वारा वृक्षरोपण(आठ तस्वीर)
जिल्ला वन कार्यालय प्रमुख राजेन्द्रमानसिं भण्डारीले २१ असारमा दुर्गालक्ष्मी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको मालाखेती–७ स्थित वनमा वृक्षरोपण उद्घाट गरेका हुन । विरुवा रोपेपछि भण्डारीले नीजि क्षेत्रबाट वातावरण जोगाउन पहल हुनु सह्रानीय भएको बताए ।
यति एअरलाईन्स्का एअरपोर्ट सर्भिस म्यानेजर भीमराज राईले विगत चार वर्षयता सुदुरपश्चिममा वृक्षरोपण गरिएको जानकारी दिए । म्यानेजर राईले भने, “यतिले राईका र स्थानीय समुदायसँग मिलेर एक लाख पचास हजार विरुवा रोपिसकेको छ ।”
राईका टुर्सका म्यानेजिङ्ग डाईरेक्टर अमर शाहीले कैलाली, डोटी र कञ्चनपुरमा टीक, बाँस, सिसौलगायतका जातका विरुवा रोपेको जानकारी दिए । “स्थानीय समुदायसँगको सहकार्यमा कम साधन स्रोतमै अधितम परिणाम आएको छ”, शाहीले भने ।
यतिका मिडिया म्यानेजर रोशन रेग्मी विमानले गर्दा हुने प्रदुषण कम गर्न यस्ता अभियान सञ्चालन गरिएको बताउँछन् । काठमाडौं–धनगढी–काठमाडौं र काठमाडौं–नेपालगञ्ज–काठमाडौं रुटको प्रत्येक यात्रुबाट रु. २० वृक्षरोपणका लागि छुट्याउने गरेको रेग्मीले जानकारी दिए ।
वृक्षरोपण कार्यक्रममा नेपाल आर्मी, सशस्त्र प्रहरी, सामुदायिक वन उपभोक्ता, विद्यार्थी, विभिन्न धार्मिक संस्थाको सहभागिता रहेको थियो ।





चार वर्षअघि लगाइएको वन देखाउँदै कञ्चनपुर, दैजीको जयशंकर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र रेग्मी ।


तस्वीरहरूः सन्त गाहा मगर/हिमालखबर
