समाचारशनिबार, आषाढ २२, २०७०
दाङमा किशोरीमाथी सामुहिक बलात्कार
अचेत अवस्थामा उनी अहिले राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचाररत छिन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी तुलबहादुर कार्कीका अनुसार दिउँसो तिर फूलवारी गाविसको ढकना भन्ने ठाउँको जंगलमा घटना भएको हो । उनी बेला बेलामा मात्रै होसमा आउँछिन् ।
होसमा आएक बेला उनले बताएअनुसार ४ जना मुख छोपेका युवाहरुले उनलाई बलात्कार गरेका हुन् । उनको शरीरभरी चिथोरेका घाउहरु छन् । बलात्कारको घटनापछि उनले रुँदै आफ्ना भाईलाई फोन गरेकी थिइन् । त्यसपछि गाउँलेहरु आएर उनलाई राती अस्पताल पु¥याएका थिए । उनका सबै लुगाहरु च्यातिएका थिए । पछि गाउँलेहरुले नै आफूले लगाएको लुगा फुकालेर उनको शरीर ढाकिदिएका थिए ।
प्रहरीले डाक्टरको रिपोर्ट नआएको भन्दै अनुसन्धान गरिरहेको जनाएको छ ।“घटनामा संलग्नहरुको खोजी भइरहेको छ” डिएसपी कार्कीले भने “सबै कुरा प्रहरीको रिपोर्टपछि थाहा हुन्छ ।” एसएलसीको मौका परिक्षाका लागि तुलसीपुर बजारमा बसेर ट्यूशन पढिरहेकी उनी शुक्रवार खर्च लिन घर जाँदै थिइन् ।
-गजेन्द्र बोहरा/दाङ
