समाचारआइतबार, आषाढ २३, २०७०
पत्नी उपचारका लागि एमाओवादी अध्यक्ष सिङ्गापुर प्रस्थान
पत्नी सीताको कलेजो र मृगौलाको उपचारका लागि दाहाल २३ असारमा सिङ्गापुर गएको उनका सहयोगी शिव खकुरेलले जानकारी दिए । खकुरेलका अनुसार उपचारका लागि दाहाल दम्पत्ति चार दिन त्यहाँ रहनेछन् । उनको उपचार सिंगापुरस्थित टयाङ टोक सेङ अस्पतालमा हुनेछ ।
यसअघि दाहाल पत्नी सीताको उपचार थाइल्यान्डमा भएको थियो ।
