थप समाचारसोमबार, आषाढ २४, २०७०
सकियो एएनएको ३१ औं सम्मेलन
विभिन्न कार्यक्रमका साथ तीन दिनसम्म चलेको सम्मेलनमा समसामयिक जल्दावल्दा विषयवस्तु एवं विभिन्न प्रतियोगिता र मह जोडी लगायतको सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए ।

सम्मेलन एएनए र एनआरएनका बीचमा उच्चस्तरीय सहकार्यको वातावरण निर्माण, आर्थिक समृद्धिको एजेण्डालाई अगाडि बढाउने सार्थक पहल जस्ता सन्दर्भका कारण पनि सफल र सम्झन योग्य भएको एएनएका अन्तरिम अध्यक्ष छेवाङ शेर्पा लामाले बताए ।
नेपालका लागि अमेरिकी राजदूत पिटर बोडेको उद्घाटन र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको विशेष आतिथ्यमा सम्पन्न सम्मेलनमा हजारौ नेपालीले भ्रमण गरेका थिए । उद्घाटन अघि वहुभाषिक, बहुसांस्कृतिक नेपाल झल्कने सांस्कृतिक झाँकी र परेड प्रस्तुत गरिएको थियो ।
ङिमा पाख्रन, वेस्टचेस्टर, न्युयोर्क


